एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा गाडी चढेरभन्दा पैदल यात्रा गर्नेहरु धेरै देखिन्छन् । फुटपाथमा पैदल यात्रा गर्न सहज छैन ।
देशको सङ्घीय राजधानी सहर काठमाण्डौमा चिल्ला सडक, सफा अनि ह्विलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ति अवरोध छन् । खाल्डाखुल्डी, फोहर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाउँमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।
सडकमा भएका फुटपाथ पनि साँघुराे छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्ड्याउने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ । यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ ।
फोहरको उचित व्यवस्थापन नहुँदा नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ । ढलको व्यवस्थापन हुन नसक्दा सडकमै ढल बहन्छ । त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटीहरु भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका गाडी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन । कतिपय सडकपेटीमा नै बालुवा, तार गिटी अर्थात निर्माणका सामग्री छरपस्ट हुन्छन् ।
तस्बिर : न्युज एजेन्सी नेपाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।