उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई एमालेले कारबाही गरेको छ । गएकाे पालिका चुनावमा आफ्नै पार्टीका उमेद्वारलाई अन्तर्घात गरेको आरोपमा अधिकारीलाई कारबाही गरेको हो । अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको एमाले स्याङ्जाले जनाएको छ ।
दुईपटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पार्टीले कारबाही गरेको एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो । एमालेले असार २० गते ३ दिन भित्र पेश गर्नेगरी र असार २८ गते २ दिन भित्र पेश गर्नेगरी स्पष्टीकरण सोधेको जनाएको छ ।
गल्याङ नगरपालिकास्तरीय समीक्षा बैठकमा उठेको विषय र अन्य धेरै प्रमाणहरुका आधारमा अधिकारीमाथि गम्भीर सवालहरु उठेको भन्दै एमालेले स्पष्टीकरण सोधेको भए पनि यसमा कुनै प्रतिक्रिया नजनाएको अध्यक्ष गैह्रेको भनाई छ । गल्याङमा जिल्ला अध्यक्ष गैरेले मेयरको टिकट पाएपछि निवर्तमान मेयर अधिकारी असन्तुष्ट रहेको बाहिर आएको थियो ।
जिल्ला कमिटी अध्यक्ष समेत रहेका गैह्रे कांग्रेसका गुरुप्रसाद भट्टराईसँग पराजित हुनु भएको थियो । गैह्रे ६९९ मतअन्तरले पराजित हुनु भएको थियो । भट्टराईले ९६ सय २१ मत ल्याएर विजयी हुनु भएको थियो ।
२०७४ सालको चुनावमा मेयर र उपमेयर दुवै जितेको एमालले यो पटक दुवै पद गुमाएको हो । एमालले आफ्नो आधारक्षेत्र मानेका धेरै वडा पनि गुमाएको थियो ।
गल्याङमा कांग्रेस एकल रुपमा निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । जिल्लाका अन्य धेरै तहमा भने गठबन्धन र एमाले बीच चुनावी प्रतिस्पर्धा भएको थियो । एमाले केन्द्रीय सचिव पद्मा अर्याल इतर समूहमा रहँदै आउनु भएका अधिकारी एमालेको जिल्ला कमिटी चुनावमा सचिव पदमा पराजित हुनु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।