हैजा नियन्त्रणको प्रयास : काठमाण्डौका सडकमा खानेकुरा बेच्न रोक, हटलाइन टेलिफाेन सञ्चालनमा

 असार १४, २०७९ मंगलबार ७:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले हैजा नियन्त्रणको प्रयासमा चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।

जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सजिलो होस् भनेर महानगरपालिकाले आजदेखि २४ घण्टा हटलाइन टेलिफाेन सेवा सञ्चालन गरेको जनाएको छ । नागरिकलाई समस्या परे ११८० नम्बरमा फोन गरेर जानकारी लिन आग्रह गरिएको छ ।

यस्तै, हैजा दूषित पानी र खानेकुराबाट लाग्ने भएकाले महानगरले सडकमा खानेकुरा बेच्न रोक लगाउने भएको छ । त्यसका लागि नेपाल प्रहरीसँग सहकार्य गर्ने मेयर बालेन्द्र शाहले बताउनुभयो । यस अघि लतिलपुर महानगरपालिकाले सडक छेउमा जथाभावी बेच्न राखिएका चट्पट्, पानीपुरी लगायतका खोनेकुरा हटाएको थियो । यस्तै, काठमाण्डौ महानगरले होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ ।

विद्यार्थीलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयमा जानकारीमूलक कार्यक्रम गर्ने महानगरको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताउनुभयो ।  यस्तै, बिरामीलाई अस्पताल लैजानु परे एम्बुलेन्स सेवाको सुविधा पनि दिइएको  प्रमुख त्रिपाठीले बताउनुभयो । त्यस्तै महानगरपालिकाले पानीको पाइपलाइन तथा ढल फुटेर पानीमा मिसिएको नमिसिएको हेर्न र मर्मत गर्न काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ ।  

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया