उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बझाङ – बझाङ कारागारमा स्वास्थ्यर्मीको अभाव भएको छ ।
दरबन्दी भए पनि दुई वर्षदेखि स्वाथ्यकर्मी अभाव हुँदा कारगारमा रहेका बिरामी कैदीलाई समस्या हुने गरेको छ । कारागारमा नियमित स्वास्थ्यर्मी नबस्दा बिरामी कैदीहरुलाई बिरामी भएका बेला उपचारका लागि कारागार बाहिर गएर उपचार गर्न समस्या हुने गरेको छ ।
कैदीको उपचारका लागि सिनियर अहेबको समेत दरबन्दी रहे पनि कारागारमा स्वास्थ्यकर्मी छैनन् । दुईवर्ष अगाडि कारागारमा रहेका हेल्थ असिस्टेन्ट सेते नेपाली सरुवा भएर डोटी जिल्ला गएदेखि कारागारमा अहिलेसम्म स्वास्थ्यकर्मी नआएको कारागारका जेलर राजेन्द्रबहादुर बोहराले बताउनुभयो ।
‘कारगारमा कैदीहरुको उपचारमा निकै नै समस्या हुने गरेको छ’, कारागारका जेलर बोहोराले भन्नुभयो, ‘अहिले त जेन तेन जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाएर उपचार गर्ने तथा बिरामी भए निजी र जिल्ला अस्पतालमा कैदी लगेर उपचार गराउनु पर्ने बाध्यता रहेको छ ।’
लामो समयदेखि जिल्ला कारागारमा कर्मचारी अभाव भएको भन्दै बारम्बार केन्द्रमा जानकारी गराए पनि अहिलेसम्म समस्या समाधान नभएको जेलेर बोहोराले जानकारी दिनुभयो ।
जिल्ला कारागारमा रहेका कैदीहरुलाई उपचारका लागि भन्दै जिल्ला स्वास्थ्य कार्यालय लैजानका लागि बाटोमा सुरक्षा चुनौती समेत हुने गरेको छ । कारागार भित्रै कैदीहरुको सामान्य उपचारका लागि राज्यले व्यवस्था गरेको भए पनि कर्मचारी अभावका कारण बझाङ कारागारमा रहेका कैदीहरुले भने अनावश्यक उपचार पाएका छैनन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर अनुप रेग्मी कारागारमा स्वास्थ्यकर्मी पठाउने काम विभागको भएको बताउनुहुन्छ । आफूहरुले आवश्यकता अनुसार चेकजाँचमा सहयोग गरेको उहाँको भनाई छ ।
कैदीहरुमा झाडापखाला, टाउको दुख्ने, पेट दुख्ने, रुगाखोकी लाग्ने, ज्वरो आउनेलगायतका समस्या हुने गरेको छ । २५ जना कैदी रहेको जिल्ला कारागार बझाडमा अहिले अभियुक्त थुनुवासहित ५६ जना कैदी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।