ग्यास बुलेटमा लागेकाे आगाे निभाइएपछि नारायणगढ–मुग्लिन सडक खण्ड खुल्याे

 जेठ १३, २०७९ शुक्रबार १४:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटेा

काठमाण्डाै – नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । ग्यास बुलेटमा आगलागी भएपछि बन्द भएको सडक खण्ड आगो निभाइएपछि दुईतर्फी रूपमा नै सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । 

पन्ध्र किलो भन्ने ठाउँमा ग्यास बोकेको बुलेटमा आगलागी भएपछि ग्यास लिकेज भएको हुन सक्ने र जोखिम बढाएको भन्दै सडक बन्द गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

आगलागीबाट बुलेटको क्याबिन र अगाडिको टायरमा क्षति पुगेकोे छ ।  बुलेटमा रहेको ग्यास भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । 

नारायणगढबाट मुग्लिन जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बरको बुलेटमा आज शुक्रवार दिउँसो १ बजेतिर आगलागी भएको थियो । सडक सञ्चालनमा आएसँगै सडकमा रोकिएका गाडी आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया