पोखरामा एकीकृत समाजवादीका आचार्य एमालेका थापा भन्दा ३ हजार ४१३ मतले अगाडि

 जेठ ८, २०७९ आइतबार १४:५१:३४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यकाे अग्रता कायमै छ ।

आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भन्दा तीन हजार चार सय १३ मतले अगाडि हुनुहुन्छ । एक लाख पाँच हजार आठ सय ६३ मतगणना हुँदा आचार्यले ४२ हजार तीन सय ४८ मत प्राप्त गर्नुभएकाे छ भने थापाले ३८ हजार नाै सय ३५ मत ल्याएर आचार्यलाई पछ्याइरहनुभएकाे छ । 

यस्तै मेयरमा राप्रपाका उम्मेदवार शंकर खरालले चार हजार सात सय ४७ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार खड्कराज पाैडेलले दुई हजार ६ सय ७७ मत प्राप्त गर्नुभएकाे छ ।

पाेखराकाे उपमेयरमा भने एमाले अगाडि छ । नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ४४ हजार तीन सय एक मत ल्याउँदा कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ४२ हजार पाँच सय ३४ मत पाउनुभएकाे छ । गुरुङ रानाभाट भन्दा एक हजार सात सय ६७ मतले अघि हुनुहुन्छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया