नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत ६ सय ९५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४७ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । यो सँगै झन्डै ९२ प्रतिशत पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ३२ हजार १ सय ५२ जनप्रतिनिधि निर्वाचित भएका छन् । ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्न गएको वैशाख ३० गते चुनाव भएको थियो।
मतगणना भएका नगरपालिकामध्ये मेयर पदमा नेपाली कांग्रेसले १ सय २३ वटामा जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा १ सय ८४ वटामा जितेको छ । नगरपालिकामा १४ र गाउँपालिकामा ४ वटामा कांग्रेसको अग्रता छ ।
त्यस्तै, नेकपा एमालेले ६७ नगरपालिका र १ सय २१ गाउँपालिका जितेको छ । एमाले १४ वटा नगरपालिकामा र २ वटा गाउँपालिकामा अगाडि छ । नेकपा (माओवादी केन्द्र) ले २४ नगरपालिका र ९६ वटा गाउँपालिकामा प्रमुख पद जितेको छ । तीन वटा नगरपालिकामा माओवादीको अग्रता छ ।
नेकपा (एकीकृत समाजवादी) ले ९ नगरपालिकामा मेयर जितेको छ । २ वटामा उसको अग्रता छ । स्वतन्त्रसहित अरु दलले २५ ठाउँमा मेयर पद जितेका छन् । उपमेयरमा नेपाली कांग्रेसले ९४ र उपाध्यक्षमा १ सय ८७, एमालेले ९१ उपमेयर र १ सय २२ उपाध्यक्ष, माओवादी केन्द्रले ३२ उपमेयर र ९३ वटामा उपाध्यक्ष जितेको छ ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालले उपमेयरमा ११ र स्वतन्त्रसहित अन्य दलले २० ठाउँमा जितेका छन् । उपाध्यक्षमा जनता समाजवादी पार्टीले १८ र स्वतन्त्रसहित अन्यले २७ ठाउँमा जितेका निर्वाचन आयोगको विवरण छ । पालिकाको वडाध्यक्ष पदमा नेपाली कांग्रेसले २ हजार ५ सय २६ वटामा जित हासिल गरेको छ । नेकपा (एमाले) ले २ हजार ३३ वटामा जितेको छ ।
माओवादी केन्द्रले वडाध्यक्ष पदमा १ हजार २७ वटामा जितेको छ । जनता समाजवादी पार्टीले २ सय ६७ वटामा वडाअध्यक्ष जितेको छ । स्वतन्त्रसहित अन्य ५ सय ५५ वटामा वडाअध्यक्ष विजयी भएका छन् ।
कहाँ कसले जिते थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shankar rokaya
May 22, 2022, 7:44 a.m.निर्वाचन अपडेट