श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
गोरखा – गोरखाको पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । वडा नम्बर ६ को मतगणनाका क्रममा एउटा मतपेटीकाको सुरक्षण सिल चुँडिएको भेटिएपछि गणना स्थगित भएको हो ।
मतपेटिकाको चारैतिर चारवटा सुरक्षण सिल लगाइएको हुन्छ । त्यसमध्ये पौवाटार मतदान केन्द्रको एउटा मतपेटीकाको एकातिरको भागको सिल चुँडिएको भेटिएको मतगणनास्थलबाट दलका प्रतिनिधिहरुले बताएका छन् । निर्वाचन अधिकृतले यसबारेमा उम्मेद्वारहरुसँग छलफल गरिरहेका छन् ।
निर्वाचन आयोगका एक पूर्व अधिकारीहरुका अनुसार चारमध्ये एउटा सिलमा त्रुटी भेटिँदैमा शंका गर्नु पर्ने कारण रहँदैन । उहाँले भन्नुभयाे, ‘सबै सिल चुस्त दुरुस्त हुन सकेको भए धेरै राम्रो तर चारमध्ये एउटा सिलमा समस्या हुँदैमा मतपेटिकामै गडबड भयो कि भन्ने आशंका गर्नु हुँदैन, चारवटै सिल काटेपछिमात्रै पेटिका खोल्न सकिन्छ ।’
जिल्लाका कतिपय मतदान अधिकृतहरुले यो पटक सुरक्षण सिल पहिलेको भन्दा अलि कमजोर रहेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।
मुक्ति नेपाली
May 18, 2022, 3:01 p.m.माओवादी अघि लागेपछि अत्तालिए सबैजना