उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बारा – बाराको पचरौता नगरपालिकाको चार ठाउँमा पर्सी बुधबार मतदान हुने भएको छ । गएको ३० गते मतदान रद्द भएका चारवटा मतदान केन्द्रमा पर्सी मतदान हुने निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी दिनुभयो।
पचरौता नगरपालिका २ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावी मतदान केन्द्र तथा वडा नम्बर ४ को बेल्दारी प्राविको क र ख गरि चारवटा मतदान केन्द्रको मतदान पर्सी हुने निर्वाचन अधिकृत दाहालले बताउनु भएको हो ।
मतदानबारे छलफल गर्न आज दिउँसो एक बजे सर्वदलीय बैठक बोलाइएको पनि उहाँले जानकारी दिनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।