उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
जुम्ला – जुम्लामा भोट नहालेको भन्दै वडाध्यक्षका उम्मेदवारले दुई जनालाई कुटपिट गरेका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर ८ नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार रुपबहादुर रोकायाले भोट नहालेको र धोका दिएको भन्दै त्यही वडाका कुमार बिक्रम शाही र कमल बोहरालाई कुटपिट गरेका छन् ।
वडाध्यक्षका उम्मेदवार रोकाया सहितले कुटपिट गरेर चन्दननाथ ८ कोटिला गाउँ निवासी स्थानीय कुमार शाही घाइते भई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । वडाध्यक्षका उम्मेदवार रोकायाले आफूलाई उनका भाइ कृष्ण रोकाया, त्यही वडाका वसन्त धराला, देवि धराला, बिर्ख रोकाया सहितका व्यक्तिले सामूहिक रुपमा कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
वडाध्यक्ष उम्मेदवार रोकायाले फोन गरेर काम छ भन्दै आफू सहित चार जना लिएर उमगाडमा कुटपिट गरेका र पछि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामूहिक रुपमा कुटपिट गरेका भन्दै प्रहरीमा उजुरी परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार घाइते कुमार विक्रम शाहीलाई उपचारकाे लागि अस्पतालमा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेकाे उहाँले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।