उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायमै छ ।
ताजा मत परिणाम अनुसार महर्जनले ८ सय २३ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ सय ८१ मत प्राप्त गर्नु भएको छ ।
उपमेयरमा भने एमालेलाई अग्रता छ । एमालेका उपमेयर उम्मेदवार मञ्जली शाक्य ४ सय २० मतसहित अगाडि हुनुहुन्छ ।
गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले एक सय ६७ मत ल्याउनु भएको छ ।
यसैबीच, ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
यो वडामा स्वतन्त्र उठेका निर्मल तण्डुकार ६ सय ६१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी ध्रुबलाल तण्डुकारले ३ सय ८१ मत प्राप्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।