उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ। उहाँले आठ हजार ६१४ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसकै अमृतादेवी कुवँर आठ हजार ६ सय १९ मत ल्याएर विजयी हुनुभएको छ । मेयर उम्मेदवार नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० र उपमेयरमा एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याउनुभयो ।
यस्तै, डडेलधुराको गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ ।
कार्कीले तीन हजार ३८४ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस वीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाउनुभएको छ ।
उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी निर्वाचित हुनुभएको छ। उहाँले तीन हजार १३ मत पाउनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाप्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।