उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
मुस्ताङ - मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङ विजयी हुनुभएको हो ।
नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बनाउनुभयो । उहाँका अनुसार अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाउनुभयो । त्यहाँ कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए ।
लोघेकर दामोदरकुण्ड–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नं ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा त्यही पार्टी झियानछुसाङ गुरुङ निर्विरोध हुनुभएको छ ।
अध्यक्ष विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा निर्वाचित गुरुङ जिल्ला समन्वय समितिको प्रमुख हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।