अपेक्षा गरेअनुसार शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न हुन सकेन : मानव अधिकार आयाेग

 वैशाख ३०, २०७९ शुक्रबार १८:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले पालिका चुनाव अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले पत्रकार सम्मेलन गरी अपेक्षा अनुसार दल, उम्मेदवार र कार्यकर्ताले संयमितता अपनाउन नसकेको जनाएको हो ।

आयोगले मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली, आयोगका कर्मचारी सम्मिलित ४५ वटा टोलीले ७७ जिल्लामा अनुगमन गरेको आयोगका अध्यक्ष तपबहादुर मगरले जानकारी दिनुभयो । उहाँले झडप, मतपेटिका तोडफोड, मतदान अधिकृत कुटिने जस्ता घटना भएका पनि बताउनुभयो । अध्यक्ष मगरले आयोगले गरेको अनुगमनको क्रममा प्राप्त जानकारी अनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान स्थगित भएको बताउनुभयो । त्यस्तै बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा र महोत्तरीलगायतका जिल्लाका केही मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा केही व्यक्ति घाईते भएको र मतदान प्रभावित भएको पाइएको आयोगले जनाएको छ ।

मानव अधिकार आयोगले मतदान स्थगन भएका क्षेत्रमा शान्ति सुरक्षाको मापन गरी तत्काल मतदान गराउन निर्वाचन आयोग र सरकारलाई आग्रह गरेको बताउनुभयो ।
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया