उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बारा – बारामा चार वटा केन्द्रमा मतदान रद्द भएको छ । पचरौता नगरपालिका वडा नम्बर २ र ४ को चार वटा केन्द्रमा मतदान रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडा नम्बर–२ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्रको मतदान रद्द भएको पचरौता नगरपालिकाका निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी दिनुभयो । त्यसैगरी वडा नम्बर–४ मा रहेको बेलदारी प्रावि मतदान केन्द्र 'क' र 'ख' को मतदान रद्द भएको उहाँले बताउनुभयो । ती चार वटै केन्द्रमा मतदानको मिति चाँडै तोकिने र मतदान प्रक्रिया फेरि सुरु हुने निर्वाचन अधिकृत दाहालले जानकारी दिनुभयो ।
यी चार वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवारले मतदान अधिकृतलाई हातपात गर्दै मतदान केन्द्र नियन्त्रणमा लिएर मत खसाएपछि विवाद भएर झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन अश्रुग्यास चलाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।