पालिका चुनावकाे पहिलाे चरण शान्तिपूर्ण रूपमा सम्पन्न : निर्वाचन पर्यवेक्षण समिति

 वैशाख ३०, २०७९ शुक्रबार १५:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आम निर्वाचन पर्यवेक्षण समिति (जियाेक) ले पालिका चुनावको पहिलो चरण शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । 

पहिलो चरणको चुनावपछि सञ्चारकर्मीसँगको कुराकानीमा समितिका निवर्तमान महासचिव डा. गोपालकृष्ण सिवाकोटीले काठमाण्डाैकाे बानेश्वरमा कल सेन्टर स्थापना गरेर पालिका चुनावको पर्यवेक्षण गरिरहेको बताउनुभयो । जियाेकले ७७ जिल्लामा १२ सय पर्यवेक्षक खटाएर चुनावको सूचना सङ्कलन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।  

निवर्तमान महासचिव सिवाकोटीले आज बिहान ११ बजेसम्मको जानकारीअनुसार देशभरका विभिन्न ३६ वटा मतदान केन्द्रमा प्रचारप्रसारका सामग्रीहरू मतदान केन्द्रको वरपर पाइएको बताउनुभयो । उहाँले १७ वटा मतदान केन्द्रबाहिर मत किन्ने जस्ता क्रियाकलाप भएको पाइएको, चार सय चार वटा मतदान केन्द्रमा कम्तीमा सात जना मतदान अधिकृत उपस्थित रहेको पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैजसो मतदान केन्द्रमा ९९ प्रतिशत मतदान केन्द्रमा चुनावका लागि आवश्यक सबै सामग्री पाइएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया