दाङमा दिउँसो १ बजेसम्म ४१ प्रतिशत मत खस्याे

 वैशाख ३०, २०७९ शुक्रबार १३:३५:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा दिउँसो १ बजेसम्म ४१ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय दाङका अनुसार दिउँसो १ बजेसम्म ४१ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

जिल्लामा दश पालिका र ९९ वडाका केन्द्रमा उत्साहजनक र शान्तिपुर्ण वातावरणमा मतदान भईरहेको छ । जिल्लामा कुल ४ सय ६१ मतदान केन्द्र, एक सय ५३ मतदान स्थल तय गरिएको छ । भने ४ लाख ९ हजार ९०२ मतदाताले मतदान गर्दैछन् । जसमध्य दुई लाख ८०१ जना पुरुष र दुई लाख ९ हजार ९९ जना महिला र अन्य दुई जनाले मतदान गर्दैछन् । त्यस्तै जिल्लामा ३५ सय सुरक्षाकर्मी र २५ सय कर्मचारीहरुलाई मतदान स्थलमा खटाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्दैछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया