रामेछापको पकरवास र मानपुर मतदान केन्द्रमा रोकिएको मतदान सुरु

 वैशाख ३०, २०७९ शुक्रबार १२:१७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवादका कारण स्थगित भएको मतदान फेरि सुरु भएको छ ।

मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्र र दोरम्वा शैलुङ्ग गाउँपालिकाको मानपुर मतदान केन्द्रमा मतदान रोकिएको थियो । प्रहरीले ८ राउण्ड हवाई फाएर गरेको थियो ।

दुवै ठाउँमा मतदान अधिकृतले उम्मेदवारहरूलाई राखेर छलफल गरेपछि विवाद मिलेको र मतदान फेरि भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया