उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर २ मा रहेको मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएपछि मतदान रोकिएको हो ।
झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्यसहित दुई जना घाइते भएका हुम्लाका जिल्ला निर्वाचन अधिकारी मुक्तिनन्द रावलले जानकारी दिनुभयो । अहिले पनि स्थति तनावपूर्ण रहेको र थप सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गर्नुको साथै दुई पक्षसँग अवस्था नियन्त्रणबारे छलफलको प्रयास पनि भइरहेको जिल्ला निर्वाचन अधिकारी रावलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।