उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - गृहमन्त्रालयले आज भइरहेको पालिका चुनावलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति निकालेर कसैको डर, धाक, धम्की तथा प्रलोभनमा नपरि मतदानमा सरिक भइ आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई अनुरोध पनि गरेको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ ‘यसका बाबजुद कहीँ कतैबाट डर, त्रास, धम्की आएमा तथा असुरक्षा महसुस भएमा नजिकको स्थानीय प्रहरी एकाइ, प्रहरीको नम्बर १००, प्रजिअ वा प्रहरी प्रमुखलाई सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ ।’
चुनाव स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न १० हजार ७५६ वटै मतदान स्थलमा कर्मचारी सुरक्षाकर्मी खटनपटन तथा चुनाव सामग्री ढुवानी कार्य सम्पन्न भइसकेको पनि मन्त्रालयले सबैमा जानकरी दिएको छ ।
मन्त्रालयले पालिका चुनावलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी समन्वयात्मकरूपमा परिचालन गरी सबै मतदान स्थलमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।