उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक संसद विघटन गरेर जनमतको अपमान गर्नेहरुलाई नागरिकले चुनावबाटै जवाफ दिने दाबी गर्नुभएको छ ।
बुटवलमा भएको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विगतमा नागरिकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाई मत दिएको तर केपी शर्मा ओलीले जनमतको अपमान गर्दै २ पटकसम्म संसद विघटन गरेको आरोप लगाउनुभयो । प्रतिपक्षीले विरोध गर्नासाथ संसद भङ्ग गर्ने प्रवृत्तिलाई नागरिकले चुनावबाटै जवाफ दिएर हराइदिने देउवाको दाबी छ ।
‘अहिलेको संविधानले रहरका आधारमा, लहडका आधारमा जथाभावी संसद भङ्ग गर्नै पाउँदैन । ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भङ्ग गरेको गर्यै गर्ने, उहाँँको पार्टीलाई जिताएर के गर्ने ?’ देउवाले भन्नुभयो ।
उहाँले ओलीको प्रतिगमनलाई परास्त गर्न पाँच दल मिलेको जिकिर गर्दै लोकतन्त्रको रक्षा गठबन्धनले मात्रै गर्ने बताउनुभयो । आफ्नो नेतृत्वमा सरकार बनेपछि नागरिकले स्वतन्त्र महसुस गरेको, सुकुम्बासीले जग्गा पाएको, सबैलाई कोरोनाविरुद्धको खोप दिएको, विकास निर्माणले गति लिएको लगायतका थुप्रै काम भएको देउवाको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।