उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेबाट काठमाण्डाै महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुने गरी काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकैदिनमा त्याे काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताउनुभयो ।
आज आइतवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मेयर भएकाे भाेलिपल्ट सगुन खाने र पर्सिपल्टबाट काम सुरु गर्ने बताउनुभयो । मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘मेयर भएकाे दिन सगुन खाने हाे र त्यसकाे भाेलिपल्टबाट नागरिककाे पीडालाई सुनेर काम गर्ने हाे । विभिन्न ठाउँबाट आएका मानिसलाई काठमाण्डाैमा संरक्षण गर्न अगुवाइ गर्ने पनि मेराे काम हुनेछ ।
आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गर्नुभयो । काठमाण्डाै महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रूपमा आफूले विकास गर्न चाहेको स्थापितकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।