जति फकाउँदा पनि भरतपुर मेयरका स्वतन्त्र उम्मेदवार पाैडेलले मनाेनयन फिर्ता लिनुभएन

 वैशाख १६, २०७९ शुक्रबार १८:२९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – कांग्रेसका शीर्ष नेताको आग्रह र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो मनाेनयन फिर्ता लिनुभएन । 

आज शुक्रवार बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय भए पनि निर्धारित समयसम्म पनि उहाँले उम्मेदवारी फिर्ता नलिनुभएको हो । दिनभर आफ्नो घर भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा समर्थक माझ बस्नुभएका पौडेलले उम्मेदवारी फिर्ता लिने समय सकिएलगत्तै संक्षिप्त कोणा सभालाई सम्बोधन गरेर आफूले उम्मेदवारी फिर्ता नलिएको जनाउनुभएको हो । 

पाैडेललाई मनाउन गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन जानुभएको थियो । उहाँ राष्ट्रिय सभाका सदस्य भइसकेका व्यक्ति हुनुहुन्छ । ७० वर्षीय पौडेल वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Jiban

    April 29, 2022, 10:07 p.m.

    Don't go back. Your presence is good lesson to so called politicians.

  •  0 Reply
  • Tilak Bahadur Thing

    April 29, 2022, 7:27 p.m.

    जे गर्नु भो ठिक गर्नु भयो !

  •  0 Reply

तपाईको प्रतिक्रिया