उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
रसुवा – रसुवामा १ सय ४५ पदका लागि ४ सय ९८ जनाको उम्मेदवारी परेको छ । यही वैशाख ३० गते हुने पालिका तह चुनावका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट ४ सय ९८ जनाको उम्मेदवारी दर्ता भएको हो । जसमा राजनीतिक दलबाट ४ सय ६३ र स्वतन्त्रबाट ३५ पदका लागि उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उत्तरगयामा १ सय ११, कालिकामा १ सय १०, नौकुण्डमा १ सय १६, गोसाइँकुण्डमा ७४ र आमाछोदिङ्मोमा ८७ जनाको उम्मेदवारी परेको छ । पाँच वटा गाउँपालिका रहेको रसुवामा अध्यक्षमा ४० र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा उत्तरगयाको अध्यक्षमा १०, उपाध्यक्षमा ४, कालिकाको अध्यक्षमा ११ र उपाध्यक्षमा ६, नौकुण्डको अध्यक्षमा ५, उपाध्यक्षमा ५, गोसाइँकुण्डको अध्यक्षमा ७, उपाध्यक्षमा ३ र आमाछोदिङ्मोको अध्यक्षमा ७ र उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दर्ता गराएका कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।