उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि एक लाख ४७ हजार जनाभन्दा धेरैको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एक लाख ४७ हजार दुई सय ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयरमा तीन हजार चार सय ३० जनाले, उपमेयरमा दुई हजार ९७‚ गाउँपालिका अध्यक्षमा तीन हजार तीन सय ६३ र उपाध्यक्षमा दुई हजार तीन सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै वडाध्यक्षमा ३४ हजार तीन सय ५७‚ महिला सदस्यमा २५ हजार तीन सय ४५‚ दलित महिला सदस्यमा २२ हजार आठ सय ९९ र वडा सदस्यमा ५३ हजार चार सय एक जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेशगत रूपमा सबैभन्दा बढी मधेसमा ३८ हजार सात सय ८७ र सबैभन्दा कम सदूरपश्चिममा १२ हजार ६ सय ७३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यस्तै प्रदेश १ मा २२ हजार पाँच सय ४२‚ वाग्मतीमा २४ हजार ३३ , गण्डकीमा १२ हजार आठ सय ८७‚ लुम्बिनीमा २३ हजार ४९ र कर्णालीमा १३ हजार चार सय तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारको विरोधमा आज दाबी विरोधको उजुरी दिन सकिने छ । भोलि बुधवार र पर्सि बिहीवार उजुरीमाथि जाँच–बुझ गरिने र १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।