उपचुनाव : मौन अवधि शुरू, उल्लङ्घन गरेमा तत्काल कारबाही हुने
मंसिर १४, २०८१ शुक्रबार
रसुवा – रसुवामा पाँच दलीय गठबन्धन तोडिएको छ । आज साेमवार दिउँसोसम्म पनि सहमतिको प्रयास भएकोमा सहमति नभएपछि सबै दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रले दिउँसो ४ बजेपछि उम्मेदवारी दर्ता गराएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीबीच गठबन्धन गरी चुनावमा जाने तयारी भएको थियो । नेकपा (माओवादी केन्द्र) का संयोजक मेघनाथ घिमिरेले गठबन्धन टुटेसँगै छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरिएको बताउनुभयो ।
जिल्लामा अहिले उम्मेदवारी दर्ताको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वैशाख ३० गते हुने पालिका चुनावका लागि रसुवामा १७ दलले भाग लिँदै छन् । पाँच वटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।