एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
कैलाली – कैलालीको मुक्त कमैया शिविरमा आगलागी हुँदा ६० वटाभन्दा धेरै घर जलेर नष्ट भएका छन् । कैलाली गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर मुक्त कमैया शिविरमा आज आइतवार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आगलागीको कारण नखुलेको भए पनि खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाले उडाएर शिविरमा आइपुगेकाे हुन सक्ने अनुमान गरिएको छ । फुसको छानो भएका घर भएकाले कम समयमै धेरै घर जलेका हुन सक्ने प्रहरीले जनाएकाे छ ।
अहिले चार वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।