६ वटा महानगरको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिह्न रहने

 वैशाख १०, २०७९ शनिबार १८:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ६ वटा महानगरपालिकामा मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिह्न रहने भएको छ । यस अघिकै निर्णय अनुसार ६ वटा महानगरपालिकाको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिन्ह रहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

६ वटा महानगरपालिका र भक्तपुरका चार वटा नगरपालिकाको मत्रपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै छापिने उहाँले बताउनुभयो । आयोगले यो वर्ष ८७ प्रकारका मतपत्र डिजाइन गरेर जिल्ला जिल्लामा पठाएको पनि बताएको छ । मतपत्र उम्मेदवारको अन्तिम नामावली आउनुअघि नै प्रकाशन गर्नुपर्ने भएकोले उम्मेदवार नभएको पनि चिन्ह हुने प्रवक्ता पौडेलले बताउनुभयो ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया