कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेकपा एमालेले वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाउनुभयो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगतमा गरेका काम र अब चुनाव जितेपछि गर्ने कामका विषयवस्तु समेटिएका छन् ।
आज सात सय ५३ वटा सबै पालिकामा पनि चुनावी प्रतिबद्धता सार्वजनिक गरेको उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । एमालेले सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिकादेखि जनप्रतिनिधि शासक होइन जनताका सेवक हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा एमालेले कम्युनिस्ट आन्दोलनमा विभिन्न क्षेत्रबाट योगदान गर्ने १७ जना योद्धालाई सम्मान समेत गरेको छ ।
पूर्णपाठ:
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।