रुकुम पश्चिम : माओवादी केन्द्रले उम्मेदवार टुङ्गाे लगायाे

 वैशाख ५, २०७९ सोमबार १८:२५:५२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावका लागि उम्मेदवारहरूको टुङ्गो लगाएको छ । आज सोमवार बसेको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनाेट तथा सिफारिस समितिको बैठकले पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरू टुङ्गो लगाइ प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । 

माओवादी रुकुम पश्चिमका प्रचार विभाग प्रमुख ध्रुव विक्रम बुढाथोकीका अनुसार जिल्लाको चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी र उपप्रमुखमा ईश्वरीकुमारी शर्मा बीएमको नाम सिफरिस गरिएको छ ।

त्यसैगरी आठबीसकोट नगरपालिकाको प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाहीलाई सिफरिस गरिएको छ । मुसिकोट नगरपालिकाको प्रमुखमा वसन्तकुमार शर्मा र उपप्रमुखमा मिलन खड्कालाई सिफारिस गरिएको प्रचार विभाग प्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

त्यसैगरी सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुनलाई सिफारिस गरिएको छ भने त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउलेलाई सिफारिस गरिएको छ । बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसीलाई चयन गरेर सिफारिस गरिएको छ ।

बैठकले जिल्ला समन्वय समिति प्रमुख पदका लागि महिला उम्मेदवार बनाउने निर्णय गरेको छ भने गठबन्धनको निर्णय कार्यान्वयन गर्नका लागि आवश्यक परेमा जो–कोहीको पनि उम्मेदवारी फिर्ता हुन सक्ने जनाइएको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया