एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - बाँकेको राप्ती सोनारी गाउँपालिका–२ टिकुलीपुर गाउँमा भएको आगलागीमा ११ घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा सीताराम जैसीको घरबाट हिजो एक्कासी आगलागी सुरु भएको थियो ।
आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर ओली र कणबहादुर खत्रीको घर जलेको छ ।
गाउँपालिकामा दमकल नहुँदा तत्काल आगो निभाउन समस्या भएको र आगो अरु घरमा पनि सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।
नेपालगञ्जबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट झन्डै एक करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।
बिजुली सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएकाे छ। आगलागी पीडितलाई तत्काल राहतका लागि त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।