उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
उदयपुर – सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई जिल्ला अदालतमा हाजिर गराइएको छ ।
प्रवक्ता विश्वकर्मालाई उदयपुरको त्रियुृगा नगरपालिका १३ हवाई मैदानमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा मुद्दा अदालतबाट पक्राउ पूर्जी जारी गरी अनुसन्धान सुरु गरिएको हो ।
उनलाइ आजै जिल्ला अदालत उदयपुरले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी सरकारले प्रहरी हिरासतमा राखेको जनाउँदै रिहा गर्न मागसहित भाई वीरेन्द्र विश्वकर्माले गएको हप्ता दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।
तर उनलाई उदयपुरमा बम विस्फोट गराएको अभियोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरले पुनः गिरफ्तार गरेको हो । अदालतबाट बाहिरिने क्रममा प्रवक्ता प्रकाण्डले आफ्नै देशको सर्वोच्च अदालत र नियम कानुनको उल्लघन गर्ने कार्य गरेको भन्दै सरकार प्रति कडा आलोचना गरेका छन् ।
उनलाई व्यापारीसँग सात करोड रुपैयाँ चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारबाही अघि बढाएको थियो । त्यसपछि उनलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर, दाङ उदयपुरसहित ६ वटा जिल्लामा ९ वटा मुद्दा दर्ता गएिको छ ।
यस्तै सोही घटनामा संलग्न भएको आरोपमा सोलुखुम्बु सोताङ गाउँपालिका १ बस्ने राकेश किराँती, खोटाङ साकेला गाउँपालिका १ च्यानडाँडा बस्ने चन्द्रबहादुर बुढाथोकी, भोजपुर षडानन्दद नगरपालिका १३ बस्ने दिपेश राई र घनकुटा हाट बजार घर भई अहिले मोरङ केराबारी गाउँपालिका ३ बस्ने दिपक राई पक्राउ परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।