उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दैलेख – कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भाेलि साेमवारदेखि पाँच दिनसम्मका लागि बन्द हुने भएकाे छ ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आज आइतवार सूचना निकालेर सेवाग्राहीकाे स्वास्थ्य सुरक्षाकाे ध्यान राख्दै माघ १७ देखि २१ गतेसम्म नियमित सेवाहरू रोकिने जानकारी दिनुभएको छ । विपद् व्यवस्थापन, शान्ति–सुरक्षा र मुद्दाका काम भने नरोकिने सूचनामा जनाइएको छ ।
प्रशासन कार्यालयका २१ कर्मचारीमध्ये चार जनालाई कोरोना सङ्क्रमण भएको र सबैजसो कर्मचारीलाई लक्षण देखिएका कारण पाँच दिनका लागि कार्यालयबाट दिइने नियमित सेवाहरू रोकिएको प्रजिअ प्याकुरेलले बताउनुभयो ।
यसअघि कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि माघ १४ गतेदेखि एक हप्ताका लागि राष्ट्रिय बाणिज्य बैंक दैलेख शाखाले सबै सेवा बन्द गरेको सूचना निकालेकाे छ । बैंकले राजस्व तिर्नका लागि वैकल्पिक व्यवस्थापन गर्न सकिने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।