स्टार्टअप कर्जाको लागि १३ सयभन्दा धेरै परियोजना प्रारम्भिक सूचीमा
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता र बिमाको रकम मृतक कामदारको परिवारको एउटै बैङ्क खातामा पठाउने गरी प्रक्रिया अघि बढेको छ ।
बोर्डबाट पाइने आर्थिक सहायता रकम बैङ्क खातामै प्राप्त भए पनि बिमाको रकम लिन काठमाण्डौ नै धाउनु पर्ने बाध्यता कायम रहेको भन्दै एउटै खातामा रकम पठाउन मिल्ने गरी प्रक्रिया अघि बढाएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
‘अहिले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले बोर्डबाट पाइने आर्थिक सहायताको लागि पालिकाबाटै निवेदन दिन सक्ने र बैङ्क खातामा रकम जाने व्यवस्था छ, तर पनि उहाँहरू बोर्डको सचिवालयमा आइरहनुहुन्छ, त्यसको एक मात्र कारण भनेको बिमाको रकम लिन काठमाण्डौ नै आउनु पर्ने बाध्यताले हो,’ उहाँले भन्नुभयो,‘त्यसैले बिमाको रकम पनि बोर्डको आर्थिक सहायता प्राप्त भएको बैङ्क खातामा नै पठाउने गरी बोर्डले नै तयारी अघि बढाएको हो ।’
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार बोर्डमा आर्थिक सहायताका लागि प्राप्त भएका प्रमाणित कागजात र निवेदनको आधारमा बिमाको रकम पनि त्यही बैङ्क खातामा पठाउने गरी सहमति भइसकेको छ ।
त्यसका लागि बोर्डले बिमा समिति, वैदेशिक रोजगारीमा जानेहरूको बिमा गर्ने बिमा कम्पनी लगायतसँग छलफल गरेको थियो । बोर्डले अघि बढाएको छलफलमा बिमा समिति र बिमा कम्पनीहरू सहमत भएका छन् ।
त्यही सहमतिको आधारमा बोर्डले सबै प्रक्रिया मिलाएर अघि बढ्नका लागि छुट्टै कमिटी(टाक्स फोर्स ) गठन गरिसकेको छ ।
कमिटीले दिएको सुझावको आधारमा सम्बन्धित पक्षसँग समन्वय गरेर थप प्रक्रिया अघि बढाउने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।
वैदेशिक रोजगारीको क्रममा करार अवधि भित्र वा करार नाघेको एक वर्ष भित्र श्रमिकको मृत्यु भएमा सम्बन्धित पालिकाले नजिकको हकदार भनेर किटानी सिफारिस गरेको हकदारलाई वैदेशिक रोजगार बोर्डले सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ । यस्तो आर्थिक सहायता लिनका लागि अहिले आफ्नो पालिकाबाटै बोर्डमा निवेदन दिन मिल्ने प्रावधान छ ।
बोर्डले हकवालाको बैङ्क खातामा रकम पठाउँछ । तर बिमाको रकम लिन भने अहिले पनि मृतक कामदारका हकदार काठमाण्डौ नै धाउन पर्ने बाध्यता छ । यही बाध्यताको अन्य गर्दै बिमाको रकम पनि सिधै बैङ्क खातामा पठाउने व्यवस्था गर्न लागेको बोर्डले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।