एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
बर्दिया – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आइतवार बाढीबाट प्रभावित बर्दियाको राजापुर क्षेत्रको निरीक्षण गर्नुभएको छ । अनुगमनका क्रममा नेता पौडेलले बाढी पीडितहरूलाई राहतका लागि काठमाण्डौ गएर विशेष प्याकेज ल्याउने बताउनुभएको छ ।
बर्दियाका धेरैजसो बाढी पीडितहरूले ६ दिनदेखि चाउचाउ र चिउराकै भरमा बिहान र बेलुकीकाे छाक टारेकोे बताएका छन् । घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि टहरामा बस्दै आएका बाढी पीडितहरूले खाद्यान्नका नाममा चाउचाउ, बिस्कुट र चिउराबाहेक केही नपाएको बताएका छन् ।
स्थानीयवासीका घर पूरै हिलोले भरिएका छन् । घर भत्किएपछि केही पीडितहरू आफन्तको घरमा बसिरहेका छन् भने केहीले त्रिपाल पाएको र केहीले खुला आकाशको भरमा बस्न बाध्य भएको गुनासो पोखेका छन् ।
बाढी कम भए पनि स्थानीयवासीलाई अहिले घरभित्रको हिलो पन्छाउन भ्याइनभ्याइ छ । पालिकाले भने बाढी पीडितहरूलाई राहत बाँडिरहेको बताएका छन् । पश्चिम नेपालकै सबैभन्दा बढी धान खेती हुने बर्दियाको राजापुर क्षेत्रमा बेमौसमी वर्षाका कारण आएको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका झन्डै ११ सय घरपरिवारमा क्षति पुर्याएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।
बाढीले बर्दियामा झन्डै ३५ हजार हेक्टरमा लगाइएको धान सखाप पारेको छ । कर्णाली नदीको बाढी गाउँ पस्दा बर्दियाका झन्डै आठ हजार बढी स्थानीयवासी प्रभावित भएका छन् । सरकारले तत्काल आफूहरूका लागि खाद्यान्न र बासको जोहो गर्ला भन्ने आसमा बसेका बाढी प्रभावितहरु प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन मात्रै दिएपछि निराश बनेका छन् ।
बर्दियाका स्थानीयवासीले आफूहरूले हरेक वर्ष बाढीको त्रास भोग्दै आएको भन्दै कर्णाली नदीमा बलियो तटबन्ध बनाउन माग गरेका छन् ।
यसैबीच कार्यक्रममा ठाकुरबाबा नगरपालिका नेपाली कांग्रेसका नगर सभापति पदमबहादुर खड्काले विभिन्न मागसहित नेता रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।