उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दैलेख – दैलेखमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लड्दा अर्का एक जना घाइते भएका छन् । भिरबाट लडेर भगवतीमाई गाउँपालिका वडा नम्बर ४ की १७ वर्षीया टीका बीसीको ज्यान गएको हो ।
स्याउली पाखामा घाँस काट्दै गर्दा चिप्लिएकी १५ वर्षीया रोशनी थापालाई समाउन खोज्दा रोशनीसँगै भिरबाट खसेर टीका बीसीको ज्यान गएको प्रहरीले जनाएको छ । ढाड र टाउकोमा चोट लागेकी रोशनीलाई उपचारका लागि सुर्खेत लगिएको छ ।
गाईवस्तुलाई घाँस काट्न भिरमा जाने गर्दा दैलेखमा बर्सेनि केहीले अनाहकमा ज्यान गुमाउने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।