एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
मनाङ – लगातारको वर्षासँगै आएको बाढीले मनाङको ताल गाउँ र चामे बजार डुबानमा परेको छ । मर्स्याङ्दी नदी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ५० घर डुबानमा परेकाे र अन्य घर पनि जोखिममा रहेकाे मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।
प्रजिअ लामिछानेका अनुसार बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ । विस्थापितहरूलाई कारागारका लागि बनेर बनाइएको नवनिर्मित भवनमा राखेका छौँ उहाँले भन्नुभयो ।
उहाँका अनुसार मर्स्याङ्दी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ, बाढीमा फसेकाहरूको उद्दारका लागि प्रहरीको टोली खटाइएको छ । वर्षाका कारण चामेको नयाँ बजार नजिकैको घट्टेखोला बढेर बस्तीभित्र बाढी पसेको छ । यस्तै बाढीले तिमाङ खोलाको बेलिब्रिज पनि बगाएको छ ।
बाढीले तिमाङ खोलामै रहेको ३२ किलोवाटको लघु जलविद्युत् गृह पनि बगाएको छ । अहिले त्यहाँ बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ । बाढीले पक्की पुलमा समेत नोक्सानी गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।