उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
नुवाकोट – प्रहरीले गिरफ्तार गरेर म्याद थपको लागि ल्याएका व्यक्तिलाई न्यायाधीशले कस्तो व्यवहार गर्लान् ? कानुनी प्रक्रिया अनुसारको म्याद थप गरी पठाउलान् । तर, शुक्रबार जिल्ला अदालत नुवाकोटको दृश्य फरक थियो । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई म्याद थपको लागि जिल्ला अदालत नुवाकोट पुर्याउँदा जिल्ला न्यायाधीशले चियाले स्वागत गरे ।
जिल्ला अदालतमा श्रेस्तेदार कार्यकक्षमा श्रेस्तेदार शिवप्रसाद बज्जारासँग एकछिन भलाकुसारी गरे प्रकाण्डले । त्यसपछि न्यायाधीशको कार्यकक्षमा पुर्याइएका प्रकाण्डलाई न्यायाधीश ऋषिकेष वाग्लेले सन्चो–बिसन्चो सोध्दै चियाले स्वागत गरेका थिए । न्यायाधीश वाग्लेले भने, ‘अदालती प्रक्रिया सकेपछि तपाईँका केही कुरा भए मिडियासँग पनि बोल्न पाउनु हन्छ ।’
न्यायाधीशले मिडियासँग बोल्न पाउनुहुन्छ भने पनि प्रहरीले प्रकाण्डलाई सञ्चारकर्मीसँग बोल्न रोक्ने प्रयास गरेको थियो । प्रहरीले बोल्न अवरोध गर्दागर्दै प्रकाण्डले भने, ‘कुन ठाउँमा कहिले एक्स्काभेटर जलेको मलाई थाहा छैन । यो जालझेल षड्यन्त्रले राजनीति चल्दैन । मलाई फसाउने षड्यन्त्र मात्र हो । यो राज्यको संविधानप्रति हाम्रो वैचारिक असहमति भएको कारणले गर्दा फसाउन खोजिएको हो ।’
प्रकाण्डले भने, ‘मलाई शारीरिक यातना त दिइएको छैन । तर मानसिक यातना धेरै दिइएको छ । आज रातभरि गाडीमा हिँडाएर बिहान तीन बजे ल्याइयो । मानसिक रुपमा कमजोर बनाउने प्रहरीको रबैया हो यो ।’
जिल्ला अदालतले प्रकाण्डलाई अनुसन्धानको लागि तीन दिन हिरासतमा राख्न म्याद दिएको छ ।
गएको साउन ७ गते राति बेलकोटगढी नगरपालिका–९, भट्टथोकमा दुई वटा एक्स्काभेटरमा जलाएको आरोपमा मुद्धा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई वटा एक्स्काभेटरमा आगो लगाइएको थियो । आगो लगाएको कारण एउटा जलेर पूर्ण क्षति भएको थियो भने एउटामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।
दीलिप देवकोटा
Aug. 25, 2018, 9:35 p.m.न्याय मुर्ति को न्याय सम्पादन येहि हो र ?