उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
मोरङ - विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा सशस्त्र प्रहरीकाे एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
सहिद मैदानमा बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर-११ लाई ३-२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नका लागि सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब काठमाण्डौ र भारतको पञ्जाब पुलिस क्लबको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
जितका लागि एपीएफका सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम आक्रामक देखिए पनि पहिलो हाफको २६ औं मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गरेर टिमलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको क्रस पासलाई सनिशले पेलान्टी एरियामा गरेको वान टच गोलमा परिणत भयो ।
पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबरीमा ल्याउन निकै सङ्घर्ष गरे पनि सफल हुन सकेन ।
खेलको ५३ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डीबक्स एरिया नजिक बललाई होल्ड गरी गरेको प्रहार गोलमा परिणत भयो । विराटनगरले गोल गरेेर खेल बराबरीमा ल्याएको १४ मिनेट बित्न नपाउँदै एपीएफका रवि थिङले ६७ मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । श्याम नेपालीले निकालिएको क्रस पासलाई रविले जाली चुमाए ।
दोस्रो हाफपछि २-१ गाेलले अग्रता कायम गरेको एपीएफले दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै विराटनगरले ६९ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए । विराटनगरका प्रकाश बुढाथोकीले पेलान्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गराउँदै खेल बराबरीमा ल्याएका हुन् ।
९० औं मिनेटको निर्धारित समयसम्म खेल २/२ गोलमा बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।
थप गरिएको अतिरिक्त समयको २७ औं मिनेटमा एपीएफका मणि लामाले डीबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमको जितको लागि सुनिश्चित भयो ।
विराटनगर-११ ले पहिलो सेमिफाइनल खेलमा नै हार ब्यहोरेपछि छैठौं संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना पूरा नहुने भएकाे छ ।
खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।