नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले फरएभर रेन्जअन्तर्गतका पाँच नयाँ गाडी सार्वजनिक गरेको छ ।
टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ गाडी बी एस सिक्स प्रविधियुक्त भएको कम्पनीले जनाएको छ । योसँगै टाटा कम्पनी यस बी एम सिक्स इन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ । टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेजअनुसार तयार पारिएकाले यी गाडीको बनावट आकर्षक छ । फेरि डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ गाडी कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरुभन्दा अग्रस्थानमा रहेको कम्पनीले जनाएको छ ।
सार्वजनिक कार्यक्रममा बोल्नु हुँदै टाटा मोटर्स इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेइकल्स) मायकं बाल्डीले टाटा मोटर्सका विभन्न रेन्जका गाडी नेपाली ग्राहकहरुले रुचाइरहेको र नयाँ जेनेरेशनका प्यासेन्जर गाडी सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । ‘डिजाइन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तीन आधार हुन्’, उहाँले भन्नुभयो ।
सिप्रदी ट्रेडिङ्ग प्रालीका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठले बी एस सिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडीले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता र अपेक्षालाई पूरा गरी नेपाली बजारको ठूलो हिस्सा ओगट्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
१. नयाँ टियागो
१२०० सीसी इन्जिन क्षमताको नयाँ टियागोको बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटोजस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधा भएको यो गाडी ६ रङ्गमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।
२. नयाँ टिगोर
१२०० सीसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेराजस्ता अत्याधुनिक सुविधा रहेका छन् । आकर्षक बनावटसहित उत्कृष्ट सुरक्षाको विशेषता भएको यो गाडी पाँच रङ्गमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ ।
३. नयाँ नेक्सन
१२०० सीसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा (IRA) जस्ता प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोबल सेफ्टी रेटिङ्गमा फाइभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो ।
इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजीलगायतका विशेषता भएको नेक्सन ६ रङ्गमा उपलब्ध रहेको छ ।
४. नयाँ अलट्रोज
१२०० सीसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सबै बनावट अल्फा (ALFA) वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोबल एनक्यापमार्फत प्रमाणित भइसकेको छ । साथै ह्याचब्याक सेग्मेन्टमा ग्लोबल सेफ्टी रेटिङ्गमा फाइभ स्टार प्राप्त गरेको छ ।
यो रिदम, स्टाइल, लुक्स र अर्बन गरी चार प्रकृतिमा उपलब्ध रहेको छ ।
५. नयाँ एच फाइभ
२००० सीसी इन्जिन क्षमता भएको एच फाइभको सबै बनावट विशिष्ट OMEGARC वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टिकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ ।
एच फाइभ विभिन्न आकर्षक रङ्गमा उपलब्ध रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।