नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
हिजोआज मुसुक्क मुस्कुराउन, पेट मिचिमिची हाँस्न र जिउमा काउकुती लगाउन टेलिभिजनमा हाँस्य-व्यङ्ग्य कार्यक्रम हेर्नै पर्दैन । कार्टुन र हाँस्य-व्यङ्ग्य कार्यक्रमले भन्दा बढ्ता मज्जा नेकपाका नेताहरुका भाषणले दिइरहेको हुन्छ ।
नेकपामा कुन नेताको पो कुरा गर्नु ! वामदेव गौतम आफू कतै छैन भन्छन्, तर दुवै समूहका उनी उपाध्यक्ष हुन् । हाँस्नको लागि वामदेवको भाषण सुन्नै पर्दैन, उनको यही अवस्था मनोरञ्जन लिन काफी छ ।
ओली, प्रचण्ड, नेपाल, खनालका त कुरै नगरौँ । एक-एकको अनुहार, विगत र वर्तमान, अनि भाषण सम्झँदैमा हाँसोको फोहोरा छुट्छ । त्यसमाथि पनि सरकारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको बोली सुनेपछि लास बनेर घाटमा पुगेको मान्छे पनि चित्ताबाट जुरुक्क उठेर चित खाँदै हाँस्न बेर मान्दैन ।
ओलीका कुन बोलीको मात्रै बेलिबिस्तार लगाउनु ? २०७५ सालमा औँला ठाडो पार्दै ओलीले बोलेका थिए - ‘दुई वर्षभित्रमा काठमाण्डौलाई स्वच्छ बनाउँछु । त्यसपछि विश्वका मान्छेहरु सास फेर्नका लागि काठमाण्डौ आउँछन् ।’
तर यो हप्ताकाे पहिला दुई दिन ओलीले बोलेको उल्टो भयो । अस्ति दुई दिन काठमाण्डौको मौसम बद्ली के भएको थियो, यहीका बासिन्दाको सास प्रदूषणले झण्डै खुस्काइ दियो । मान्छे बस्न अयोग्य सहरहरुको सूचीमा काठमाण्डौ एक नम्बरमा पर्यो भन्ने कुरा विश्वका मान्छेले थाहा पाए । अहिले पनि अवस्था यस्तो छ कि सफा हावामा मात्रै कति सास फेर्ने, एकपटक काठमाण्डौको प्रदूषणमा पनि सास फेरौँ भनेर पर्यटक यहाँ आउन बेर मान्दैनन् ।
यो त दुई वर्षअघिको ओलीको बोली र त्यसको व्याख्या । त्यतिबेला ओलीले गफ दिएका ग्याँसका पाइप, चुच्चे रेल र पानीजहाजका कुरा एकछिनलाई बिर्सौं । बितेका दुई हप्ता यता ओलीले विरोधी नेतालाई भित्तामा पुर्याउने गरी दुई सय पटक ओकलेका गोलीजस्ता बोलीका केही अंशलाई मात्र सप्रसङ्ग व्याख्या गरी हेरौं ।
- त्यो त हेर्दै थाहा भयो नि । नटबोल्ट खुस्केपछि ओलीले चलाएको गाडी ओरालो कुदेको कुदेकै छ । कहाँ पुगेर ठोक्किने हो र कुन भीरमा पुगेर फाल हान्ने हो ! तर गाडी बेपत्तासित कुदिरहेको छ ।
- तर यसो भन्दा ओली आफैँले आफैँलाई सबैभन्दा पुरानो असली बुढोको पेडा पसल मेरै हो भन्ने कुरा पनि त सबैले बुझिरहेकै छन् ।
- पत्र हेरेर हाँसे कि रोए, त्यो त निर्वाचन आयोगका आयुक्तहरुलाई नै थाहा होला । तर ओलीको यो कुरा सुनेर आयोगका आयुक्तबाहेक दुनियाँका अरु सबै हाँसे । आयुक्तहरु त नेकपाको घरझगडा मिलाउने उपाय फेला नपारेर दिनरात रोइरहेका पो छन् ।
- सबैलाई थाहा भएकै कुरा हो, सँगै रहेका फल एउटा कुहियो भने अर्को पनि सद्दे रहँदैन । अस्तिसम्म ओलीसँगै रहेका दुईवटा फलको भेट्नु कुहिएको हो भने आफूलाई भेट्नुको पनि भेट्नु ठान्ने ओलीको हालत झन् के होला ? दुईवटै फलको मूल भेट्नु आफै हो भन्ने ओलीलाई दुनियाँले कसरी सग्लो ठान्दो हो कुन्नि !
- रत्नपार्कमा औषधि बेच्ने सबैले मान्छे जम्मा पार्न सक्दैनन् भन्ने कुरा त सबैलाई थाहा छ । जसले तुक्का हालेर चटके कुरा गर्न सक्छ, बेकामे औषधिलाई बकम्फुसे तुक्का हालेर मान्छे हँसाउन सक्छ, मान्छे उसैकोमा जम्मा हुन्छन् । रत्नपार्कमा औषधि बेच्नेमध्ये यस्तो खुबी माधव नेपाल र प्रचण्डसँगभन्दा त ओलीसँगै बढी छ । त्यसैकारण अहिले माकुने र पुकदा त अहिले पिठो बेच्न पनि नसकिने हो कि भनेर हैरान छन् ।
- भारतको कुरा छोडौं, चन्द्रमा र मंगलग्रहतिर पनि थाहा भैसक्यो होला नेपालमा प्रधानमन्त्री को छ भनेर । चुनाव अघि रेल र पानीजहाज ल्याउँछु भनेर पाँच वर्षलाई चुनिने, तर न रेल ल्याउन नसकेपछि झेल गरेर तीन वर्षमै चुनाव ल्याउने प्रधानमन्त्रीलाई नचिनेर हुन्छ र ! त्यसमाथि हाँस्यकलाकारलाई समेत उछिनेर सारा मान्छेलाई हँसाउन सक्ने कला भएका प्रधानमन्त्रीलाई नचिनौँ भन्नेलाई पनि चिन्न कर लाग्छ ।
- अनि बालुवाटारको चोटा कोठामा बसेको हिसाब चाहिँ कसले गरिदिने नि ? सबैतिरको हिसाब गर्ने हो भने दुवैतिर ठ्याक्कै ४२० पुग्छ भन्छन् जानकारहरु त !
- अनि उबेला माधव नेपालले हाइजम्प र पोलजम्प गरेको त पार्टीलाई पनि मज्जै भएको थियो त । अनि दुनियाँ त अहिले पो छक्क पर्दैछन् कस्तो रहेछ नेपालको लोकतन्त्र भनेर । अमेरिकामा ट्रम्पले त यहीँबाट सिकिसके ।
यी त ओलीका केही बोलीका सप्रसङ्ग व्याख्या मात्रै हुन् । ओलीका जिब्रोको व्याख्या गर्न हजार जिब्रा भएका शेष नागले पनि सक्दैन भन्ने घामजत्तिकै छर्लंग छ । अनि अन्त्यमा ओलीले फुँदा गाँसेर भन्न बाँकी एउटा टुक्का पनि जोडी हालौँ । धेरैले अमेरिकामा ट्रम्पले गरेको उपद्रोलाई ओलीसँग दाँजे ।
अमेरिका र नेपालको लोकतन्त्र उस्तै रहेछ, ओलीको सिको गरे ट्रम्पले भनेका छन् । यस्तो सुनेर ओलीलाई कस्तो भयो होला ? अब उनले भन्नेवाला छन्, ‘ट्रम्पले मेरो सिको गरे भन्ने साथीहरुलाई सम्झाऔँ - ट्रम्प कहिल्यै ओलीजस्तो हुन सक्दैनन् । उनले टुक्का मिलाएर भाषण गर्न जान्दैनन् । बन्दुकको गोलीमा भन्दा ओलीको बोलीमा तागत हुन्छ भन्ने उनलाई थाहै छैन । त्यसैले उनी ओलीजस्तो कहिल्यै हुन सक्दैनन् । उस्तै पर्यो भने ओली चाहिँ ट्रम्पजस्तो हुन सक्छन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।