एनआरएनएले कुवेतमा कारागारमा रहेका देखि एक वर्षसम्म तलब नपाएका श्रमिकको उद्धार गरी नेपाल पठायो

 मंसिर २८, २०७७ आइतबार १२:४५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैर आवासीय नेपाली संगठन एनआरएनएले विदेशमा विभिन्न समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार गरेर नेपाल पठाएको छ ।

कुवेतमा एक वर्षदेखि ग्रीन हर्बो कफी सपमा काम गर्दै आउनुभएका काभ्रेका सुरेश लामा र दावा लामालाई उद्धार गरी शुक्रबार नेपाल पठाएको हो । दुवैजनाले ११ महिनादेखि कम्पनीबाट तलब पाउनुभएको थिएन ।

यस्तै ६ महिनादेखि कुवेतको कारागारमा रहनुभएकी मधु केसीको पनि उद्धार गरेर त्यही उडानमार्फत नेपाल पठाएको एनआरएनएले जनाएको छ । उहाँ घरेलु कामदारको रुपमा कुवेत जानुभएको थियो । रोजगारदाताबाट भनेजति सेवा सुविधा नपाएपछि उहाँ भागेर अवैधानिक भएर बस्नुभयो । कुवेत सरकारले प्रदान गरेको आममाफी प्रयोग गरी नेपाल फर्किन खोज्दा रोजगारदाताले विभिन्न आरोप लगाएर जेल पठाएको अवस्थामा उहाँको उद्धार गरिएको हो ।

एनआरएनएले नै सबैको नेपाल सम्मको हवाई टिकट, पीसीआर परीक्षण र काठमाण्डौदेखि घरसम्मको खर्चको व्यवस्था गरेको हो । गैर आवासीय नेपाली संघ कुवेतले केन्द्रको समन्वय र सहकार्यमा गएको हप्ता मात्रै यस्ता चार जनाको उद्धार गरेर नेपाल पठाएको एनआरएनएले जनाएको छ ।

 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया