नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – एक्साइड इन्डस्ट्रिजको नेपालमा रहेको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ७४ एम्पियरको इपिक डिन (EPIQ DIN) ब्याट्री ल्याएको छ । सिप्रदीले ७७ महिना वारेन्टीको साथ अत्याधुनिक गाडीहरुका लागि इपिक डिन ब्याट्री बजारमा ल्याएको हो ।
यो ब्याट्री उत्कृष्ट प्रविधि प्रगोग गरी निर्माण गरिएको सिप्रदी ट्रेडिङ अन्तर्गत एक्साइड ब्याट्री विभागका महाप्रबन्धक सुरेशकुमार तिवारीले बताउनुभयो । उहाँका अनुसार यसमा प्रयोग भएको पेन्टा एल्वोइले गर्दा ब्याट्रीमा लाग्ने खिया कम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउँछ, जसले गर्दा यो ब्याट्री अन्य ब्याट्रीको तुलनामा बढी समयसम्म टिक्छ र छिटो चार्ज पनि हुन्छ ।
इपिक डिन ७४ ब्याट्रीमा जडि़त डबल क्लाड पोलिथिलिन र ग्लास म्याट सेपरेशनले गर्दा धेरै नै भरपर्दो तथा लामो समयसम्म ब्याट्री टिक्ने कम्पनीले जनाएको छ ।
सामान्यतया अटोमोटिभ ब्याट्रीहरु तीन महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ तर इपिक डिन ७४ ब्याट्री ६ महिनासम्म पनि प्रयोग नगरिकन राख्दा डिस्चार्ज नहुने कम्पनीले दाबी गरेको छ ।
इपिक डिन ७४(EPIQ DIN)ब्याट्री बीएमडब्लु, सेभ्रोलेट, टाटा, फोर्ड रेन्जर, ह्युनडाई, मर्सिडिज बेन्ज, निसान, रेनाेल्ट, स्कोडा, भोक्सवागन, मित्सुबिशी जस्ता अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।