विदेशबाट आउनेले स्वास्थ्य मापदण्ड पालना गरौँ, परिवार र समाजले विभेद नगरौँ

 भदौ ३०, २०७७ मंगलबार १३:६:२३ | जनक राई
unn.prixa.net

अहिले सङ्क्रमण एकदमै बढ्दै गइरहेको छ । त्यसैले यो सङ्क्रमणलाई कम गर्नको लागि अहिले सबै नागरिकको जिम्मेवारी पनि बढ्दै गइरहेको छ । त्यसैले अहिले विदेशबाट जो आउँदै हुनुहुन्छ, यो खुसीको कुरा हो ।

यत्रो संघर्ष गरेर उहाँहरु आउँदै हुनुहुन्छ । आउने क्रममा हरेक देशका, हरेक एअरपोर्टमा हुने ट्रान्जिटमा आआफ्नै नियमहरु छन् । ती नियमहरु पालना गर्नुपर्यो । नेपाल आइसकेपछि तोकिएका निर्देशन अनुशासित भएर पालना गर्नु उहाँहरुको दायित्व हो । स्वास्थ्य मन्त्रालयले तोकेका भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुने, स्यानिटाइजर लगाउने कुराको इमान्दारीपूर्वक पालना गर्नुपर्छ ।

उहाँहरु काठमाण्डौमा आउनुभएको छ, काठमाण्डौ सबैभन्दा बढी संक्रमण भएको क्षेत्र भएको हुँदा उहाँलाई पनि संक्रमण हुन सक्ने र उहाँहरुबाट पनि अरुमा संक्रमण फैलिन सक्ने सम्भावना उत्तिकै हुन सक्छ । त्यसैले गर्दा उहाँहरु काठमाण्डौमा प्रवेश गरेदेखि नै आफूले गर्नुपर्ने सावधानीका व्यवहार गर्नुपर्यो ।

जहाँ पायो त्यहीँ सिँगान फाल्ने, खकार फाल्ने कुरामा अब हामी अनुशासित हुनुपर्यो ।

मास्क लगाउने कुरामा समस्या देखिएको छ । मास्क लगाउँदा सही तरिकाले लगाउनुपर्यो । अहिले नचिनेको मान्छेसँग हुँदा, बाहिर हिँड्दा मास्क लगाए पनि चिनेका साथीहरु सँगसँगै हिँड्दा मास्क नलगाउने गरेको पाइएको छ । मास्क खोलेर कुरा गर्ने, मास्क लगाए पनि मुख मात्र छोप्ने नाक नछोप्ने गरेको देखिन्छ । यस्तो खालको व्यवहार पनि प्रशस्त देखिरहेको छ, जसले गर्दा समुदायमा संक्रमण फैलिन नदिनको लागि अहिले चुनौती आइरहेको देखिन्छ । 

यस्तै हाम्रोमा पान खाएर होस् या नखाएर प्याच्च थुक्ने बानी छ । यस्तै जहाँ पायो त्यहीँ सिँगान फाल्ने, खकार फाल्ने कुरामा अब हामी अनुशासित हुनुपर्यो ।  यस्तै सार्वजनिक सवारीमा चढ्दा पनि सावधानी अपनाउनुपर्छ । त्यसबाहेक आफ्नो स्वास्थ्यमा केही समस्या आउनेबित्तिकै स्वास्थ्य परामर्श लिनुपर्यो । स्वास्थ्य परीक्षण गर्नुपर्यो । 

अहिले विदेशबाट आउनेहरुको लागि प्रत्येक जिल्ला, पालिकामा क्वरेण्टीन, आइसोलेशन लगायत अन्य विभिन्न व्यवस्था गरिएका छन् । पालिकाहरुले आफनै नियम बनाएका हुन सक्छन् । यसले कसैलाई दुःख दिने भन्दा पनि समुदायमा कोरोना नफैलियोस् भनेर नै हो । यसलाई हामीले अन्यथा नसम्झेर त्यसको पालना गरिदिनुपर्यो । स्थानीय स्वास्थ्यकर्मीले केही कुरा सोधपुछ गर्दा सही कुरा भनेर सहयोग गरिदिनुपर्यो ।

अब चाडबाड आउने बेला भयो । धेरैपछि विदेशबाट आउँदा भेटघाट गर्ने रहर हुन्छ नै । तर सावधानी भएर, संयमित भएर, भौतिक दूरीलाई कायम गरेर मात्र सामाजिक अन्तरक्रियालाई बढाउनुपर्ने देखिन्छ ।

अहिले विदेशबाट फर्किएर आएकाहरु कसैलाई कोरोना संक्रमण देखियो भने त्यो व्यक्ति र तिनको परिवारलाई दुव्र्यवहार गरेको हामीले सुनिरहेका छौं, पढीरहेका छौं, देखिरहेका छौं । कोभिड लागेर निको भएका व्यक्तिको अनुभव पढ्दा पनि ती व्यक्तिलाई घृणा गरेको, मनोबल घटाइरहेको देखिन्छ । समस्यामा सहयोग चाहिने भनेको आफन्त, नातागोता, इष्टमित्रहरुको नै हो । तर तिनै व्यक्तिबाट घृणा गरेको, मनोबल घटाइरहेको देख्दा त्यसले संक्रमितलाई मानसिक देखि लिएर अन्य किसिमको समस्या देखिएको छ । यो ठूलो समस्या हो । 

विदेशबाट आउनेलाई घृणाको दृष्टिले हेर्ने, विभेद गर्ने कुनै पनि काम गर्नु भएन । यो सामाजिक हिसाबले पनि सही होइन र कानुनी रुपमा पनि दण्डनीय हुन्छ ।

त्यसैले विदेशबाट आएर जब गाउँमा पुग्नुहुन्छ, त्यहाँ पुगिसकेपछि उहाँहरु आफूले गर्ने दायित्व त छँदैछ, स्थानीय सरकारको पनि ठूलो भूमिका र दायित्व हुन्छ । बाहिरबाट यसरी आएका मानिसहरुलाई संक्रमण बोकेर आएका र संक्रमण फैलाउछन् भन्ने आशयले व्यवहार गर्नुभएन । बाहिरबाट आउँदैमा कसैले कोरोना लिएर आउँछ भन्ने छैन । 

त्यसैले उहाँहरुलाई घृणाको दृष्टिले हेर्ने, विभेद गर्ने कुनै पनि काम गर्नु भएन । यो सामाजिक हिसाबले पनि सही होइन र कानुनी रुपमा पनि दण्डनीय हुन्छ । कानुन पालना गराउन स्थानीय सरकार, जनप्रतिनिधिको ठूलो भूमिका रहन्छ । 

अहिले हामीले बुझ्ने कुरा भनेको, संकटको यस्तो बेला सबैले मिलेर लड्ने हो । विदेशबाट आएकाले कोरोना लिएर आए भनेर छीःछी र दूरदूर गर्ने हो भने यसले समाजलाई विभाजन गर्छ । एकतामा खलल पुर्याउँछ । यसले गर्दा विभेदलाई बढाउँछ । 

यो बढ्दै गरेको चुनौती पनि हो । त्यसैले यसलाई रोक्नुपर्छ । अहिले समाजले गर्ने सबैभन्दा महत्वपूर्ण भूमिका भनेको विदेशबाट आएकाहरुलाई सामान्य व्यवहार गरिदिने, सामाजिक दूरी घटाउने, भौतिक दूरी बढाउने हो । अहिले भइरहेको छिछि दूरदूर सामाजिक दूरी बढाउने कुरा भयो । तर अहिलेको आवश्यकता भनेको भौतिक दूरी कायम गर्ने, सामाजिक सद्भाव र एकले अर्कालाई गर्ने सहयोग र मनोबल बढाउने काम सबैले गर्नुपर्छ ।

(मानवशास्त्री जनक राईसँग गरेकाे कुराकानीमा आधारित)

 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनक राई

जनक राई मानवशास्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया