श्रम स्वीकृति खुल्यो, अब वैदेशिक राेजगारीमा जान पाइने

 भदौ १५, २०७७ सोमबार २०:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले श्रम स्वीकृति खुलाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि दिइने श्रम स्वीकृति खुलाउने निर्णय मन्त्रिपरिषदले गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जनाकारी दिनुभयो ।

आजैको दिनदेखि श्रम स्वीकृति खुले पनि कुन कुन देशका लागि खुलेको र यसका मापदण्ड के हुने भन्नेबारे पूर्ण पाठ आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो । ‘अहिलेलाई नयाँ श्रम स्वीकृति खुलेको हो भनेर बुझ्नुपर्छ, थप कुरा विस्तारै आइहाल्छ,’ महानिर्देशक दाहालले भन्नुभयो । सम्बन्धित श्रम गन्तब्य मुलुकसँगको सम्झौता र मागको आधारमा नयाँ श्रम स्विकृति खुल्ला गरिएको पनि महानिर्देशक दाहालले जानकारी दिनुभयो ।

सरकारले पुनः श्रम स्वीकृति भने गएको असार १८ गतेदेखि खुलाएको हो । पुन : श्रम स्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ । तर श्रम स्वीकृति भने ताहाचल कार्यालयबाट मात्रै पाइन्छ । काठमाण्डौमा निषेधाज्ञा भएकाले श्रम स्वीकृति खुले पनि निषेधाज्ञा नखुल्दासम्म लिन भने पाइने छैन ।

कोरोना भाइरसको महामारीको कारण गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो।

त्यस्तै सरकारले नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको संङ्ख्या बढाएको छ। भदौ १७ गतेदेखि खुल्ने उडानबाट दैनिक ८ सय जना स्वदेश आउन पाउने छन्। यसअघि सरकारले दैनिक ५ सय मात्र आउन दिने निर्णय गरेको थियो।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Anisha Rai

    Sept. 16, 2020, 11:29 a.m.

    Very good for information

  •  0 Reply

तपाईको प्रतिक्रिया