उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेपछि घर फर्कन विमानस्थल पुगेका नेपालीहरु थप अन्योलमा परेका छन् ।
यूएईमा नेपाल एअरलाइन्समार्फत स्वदेश फर्कन विमानस्थलमा पुगेका नेपालीहरु जहाज रित्तै फर्किएपछि अलपत्र परेका छन् । सरकारको यो निर्णयको श्रमिकहरुले बिरोध गरिरहेका छन् । कोरोनाको जोखिम बढ्दै गएपछि गएको चैत पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हजारौं नेपाली स्वदेश फर्कन पाएनन् ।
समयमा घर फर्कन नपाउँदा नेपालीहरु विभिन्न समस्यामा परे । समस्यामा परेका र घर फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुको स्वदेश फिर्तीका लागि सरकारले गएको जेठ ३२ गतेदेखि चार्टर्ड उडानहरु सञ्चालन गरेको थियो । यस अवधिमा ५१ हजारभन्दा धेरै नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कि सकेका छन् ।
सरकारले आइतबारदेखि पाँचौं चरणको उद्धार उडान तालिका सार्वजनिक गर्यो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो । यी उडानबाट झण्डै ७ हजार नेपाली स्वदेश फर्किन पाउने भनिएको थियो ।
तर सोमबार साँझ क्वरेण्टीनको उचित व्यवस्थापन नभएको भन्दै सीसीएमसीले एक्कासी तय भएका उडानहरु रद्द गरिदिएपछि विमानस्थलमै पुगका नेपाली अलपत्र परेका छन् भने घर फर्कन टिकट काटेर झोला प्याक गरिसकेका नेपाली अलमलमा परेका छन् ।
महिनौंपछि घर फर्कन पाइने खुसीमा बादल छाएको छ । उनीहरु थप तनाबमा परका छन् ।
अब उडान के होला ? काटेको टिकट र विमानस्थलमा पुगेका नेपालीलाई परेको मारको क्षतिपूर्ति कसले व्यहोर्ला ? यस्तै जिज्ञासा र आक्रोश परदेशी नेपालीहरुले अहिले पोखिरहेका छन् ।
यस विषयमा छलफल भइरहेको र छिट्टै नै उचित निर्णय हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यकामा पनि कोरोनाको जोखिम बढेको र सरकारले विदेशबाट ल्याइएका नेपालीलाई काठमाण्डौमै क्वरेण्टीनमा राखेर कोरोना सङ्क्रमण नभएको प्रमाणित भएपछि मात्रै घर पठाउने निर्णय गरेकाले पनि उडान स्थगित गर्नु परेको उहाँको भनाइ छ ।
‘विदेशबाट आएकालाई काठमाण्डौमा नै राख्ने निर्णय भइसकेको छ, तर काठमाण्डौ उपत्यकामा कोरोनाको जोखिम पनि बढेको छ, अनि यहाँ अहिले क्वरेण्टीनको पनि उचित व्यवस्थापन भएको छैन,’ सहसचिव लामिछानेले भन्नुभयो, ‘अब यसबाट पर्न गएको असुबिधालाई मध्यनजर गर्दै छिट्टै अर्को निर्णय हुन्छ, सरकार छलफल गरिरहेको छ ।’ अ
हिले नेपालमा कोरोना जोखिम बढ्दै गएपछि पालिकाहरुले पनि निषेधाज्ञा गर्ने क्रम बढ्दो छ ।
कोरोनाको जोखिम पनि दिनहुँ बढिरहेको अवस्थामा विदेशबाट घर फर्कनेको उचित व्यवस्थापन नहुँदा झन जोखिम बढ्ने भएकाले उडान स्थगित गरिएको भनिए पनि विदेशमा महिनौंदेखि समस्यामा रहेका नेपाली विदेशमा झन् जोखिममा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kewal Dangi
Aug. 18, 2020, 1:14 p.m.अहिले को नेपाल सरकार कस्को ईसारा चलछ कस्ले चलाउछ ? कस्तो निर्णय कुन बेला गर्नु पर्छ भन्ने कुरा को खयाल सम्म नगर्ने, जे कुरा गर्दा नि जननिर्वाचित सरकार को जस्तो न गर्ने, जनमानस लाई कति दुखी गरायको छ सामान्य हेका सम्म न राखने, CCMC कस्तो निर्णय हो अन्तिम अबस्थामा आयर दादागिरी गर्ने, (१५ अगस्त 2020 मा CCMC कसरी अनुमती दियो एअरलाइस कम्पनी लाई) यो निर्नय 2 दिन पहिले गर्दियको भय हामी परदेसी को PCR test को 370 rdt test गर्दा लागेको taxi rent 350 (rak to dubai ) बिहान ४ बजे देखि दिउँसो १ बजे सम्म UAE को चर्को घाम मा लाइन बसेर fit and fine को sticker लगाइयो यो कुरा कस्लाइ सुनाउ सरकार त मेरो भैरो छ (कान नसुन्ने) हामी लाई नि थाहा छ आज को अबस्थामा सामान्य हैन, हिजो को फ्लाईट मा खाली लानु भन्दा pcr negative भको लाई होम क्वारेन्टाइन को मापदण्ड मा लान सकिथ्यो नि? भिसा क्यान्सल भको ग्रेस पिरेड august 10 सकियो overstay fine सुरु भकोछ, जागीर गको चौथो महिना सुरु भयो, कसरी मेरो गुजारा भको होला तपाई कल्पना गर्न सक्नु हुन्छ ? यदि नेपाल आउने सौभाग्य मिलेछ भने यस्को हिसाब किताब मेरो घर मा भोट माग्न आउने नेता सङ गर्नेछु