भिसाको म्याद सकिएर गैरकानुनी भएकालाई यूएईले दियो थप तीन महिनाको आममाफी

 भदौ १, २०७७ सोमबार ११:२६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भिसा सकिएर गैरकानुनी भएका विदेशी नागरिकलाई यूएईले थप तीन महिनाको आममाफी दिएको छ ।

मार्च १ भन्दा अघि टुरिष्ट र रेसिडेन्ट भिसा सकिएर गैरकानुनी हैसियतमा बसिरहेका विदेशी नागरिकलाई यूएईले तीन महिनाको आममाफी दिएको यूएईको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

यूएईले भिसा सकिएका तर कोरोनाको कारण घर फर्कन नपाएकालाई मे १८ देखि अगष्ट १८ सम्म देश छाड्न समय दिएको थियो । यो समयमा घर फर्कनेलाई जरिबाना नगर्ने जनाएको थियो । अब यूएईले यही समयलाई थप तीन महिना थप्दै नोभेम्बर १७ सम्म पुर्‍याएको हो ।

तोकिएको समयमा देश छाडेर स्वदेश फर्किएमा ओभरस्टे बापतको सबै जरिबाना शुल्क पनि मिनाहा गरिदिने यूएईले जनाएको छ । यूएईले यो समयको सदुपयोग गर्दै स्वदेश फर्किएर जरिबानाबाट बच्न सबै गैरकानुनी विदेशी नागरिकलाई अनुरोध गरेको छ । यो अवसर मार्च १ भन्दा अघि भिजिट, टुरिस्ट भिसा र बसोबासको भिसा सकिएकाको हकमा लागू हुनेछ ।

तर यो नियम मार्च १ भन्दा पछि भिसाको अवधि सकिएका, जागिर गुमाएका र भिसा क्यान्सिल भएकालाई भने लागू हुने छैन । आममाफीमा सहभागी भएर दुबई इन्टरनेशनल एअरपोर्ट भएर आउनेले उडान हुनुभन्दा ४८ घण्टाअघि नै त्यहाँको अध्यागमनमा गएको प्रक्रिया मिलाउनुपर्छ ।

आबुधाबी, सारजहा र रसअलदेमा विमानस्थलबाट घर फर्कनेले भने उडान हुनुभन्दा ६ घण्टा अघि मात्रै विमानस्थलमा पुग्दा हुन्छ ।

यूएईले टोल फ्रि नम्बर ८०० ४५३ आममाफीका सम्बन्धमा थप जानकारी दिनका लागि व्यवस्था गरेको छ । यो नम्बरमा फोन गरेर थप जानकारी लिन सकिन्छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया