उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले अब दैनिक अधिकतम पाँच सय जना नेपालीलाई मात्रै विदेशबाट उद्धार गरेर स्वदेश ल्याउने भएको छ ।
मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कुटनीतिक नियोगको सिफारिसमा दैनिक तीन सय जना मात्रै र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बेहोर्ने गरी दैनिक दुई सय जनासम्म गरी दैनिक अधिकतम पाँच सय नेपाली स्वदेश ल्याउने गरी उडान गर्न अनुमति दिएको हो ।
यसरी देश फर्किएका नेपालीलाई काठमाण्डौमै तोकिएको स्थानमा क्वरेण्टीनमा राख्ने र सङ्क्रमणमुक्त भएको प्रमाणपछि मात्रै घर पठाउने निर्णय भएको छ । क्वरेण्टीनको व्यवस्था काठमाण्डौका तीन जिल्लाले गर्नेछन् ।
स्वदेश फर्किएको पाँचदेखि सात दिनभित्रमा पीसीआर परीक्षण गर्ने र सङ्क्रमणमुक्त भएको पुष्टिपछि मात्रै घर पठाउने व्यवस्था गर्न पनि मन्त्रिपरिषद्ले निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
शिव राम पराजुली
Aug. 12, 2020, 8:27 p.m.सरकारले किन ठोस निर्णय लिन नसकेको होला? कहिले होम क्वारेन्टाइन त कहिले स्थानीय निकाय मा क्वारेन्टाइन मा राख्ने भन्ने अनि फेरि अहिले काठमाण्डौ मै बस्नु पर्ने निर्णय सरकार ठोस निर्णय गरेर अघि बढ्ने की?
Ghanahari dahal
Aug. 11, 2020, 6:56 p.m.क्वरेन्टिनमा बस्दा विदेशवाट ल्याएको लगेजको राख्ने व्यवस्था छ कि छैन, पछि हरायो वा टुटफुट भयो भने के गर्ने ? विदेशवाट दु:ख गरेर ल्याएको सामान राख्ने व्यवस्था छ कि छैन, कि सामान घर लान पाइन्छ ??