नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्ने एनसेलले जनाएको छ ।
प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछन् ।
ग्राहकले ७ दिन समयसीमा रहेको ७०० मिनेट अन नेट टक टाइम करसहित मात्र ९५ रुपैयाँ ७७ पैसामा लिन सक्नेछन् । यो प्याकमा ग्राहकले प्रति दिन ७ दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्नेछन् । त्यस्तै १५ दिनको प्याकमा ग्राहकले कर सहित १९१ रुपैयाँ ५४ पैसामा १ हजार ८७५ मिनेट अन नेट टक टाइमको पाउनेछन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइदा लिन सक्छन् ।
साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । यस प्याक अन्तर्गत ग्राहकले कर सहित ३८१ रुपैयाँ ७९ पैसामा ४ हजार ५०० मिनेट अन नेट टक टाइम लिन सक्छन् । यसमा ग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्दछन् । यो प्याक प्रयोग गर्ने ग्राहकले मात्र ८ पैसा प्रति मिनेटमा कुराकानी गर्न सक्ने एनसलले जनाएको छ ।
प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरी निर्देशन अनुसार प्याक सञ्चालन गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक लिन सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी १७११८ मा एसएमएस पठाउनु पर्ने हुन्छ । त्यस्तै ग्राहकले १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक लिन सकिने एनसेलले जनाएको छ ।
‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप भ्वाइस अफर ल्याउन पाएकोमा हामी निकै हर्षित छौं’', ‘इण्डलेस कुराकानी प्लस’ अफरको बारेमा एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भन्नुभयो, ‘यी आकर्षक भ्वाइस प्याकहरुले ग्राहकलाई आफ्ना परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्दै थप मूल्य प्रदान गर्ने विश्वास लिएका छौं ।’
आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर ल्याई सकेको र साथै ‘वायरफ्री प्लस वाइफाइ’ सेवाको बुकिङ सुरु गरी सकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।