अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
दाङ – नेत्र विक्रम चन्द 'विप्लव' समूहको नेकपाका कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते हुनुभएका वडाध्यक्ष फर्साराम डाँगीलाई उपचारकाे लागि काठमाण्डौ लगिएको छ ।
मनाङ एअरको हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको हो । दाङको शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष डाँगीमाथि वडा कार्यालयमै आक्रमण गरिएको थियो । दाङमा उपचार सम्भव नभएपछि वडाध्यक्ष डाँगीलाई उपचारकाे लागि काठमाण्डौ लगिएको गाउँपालिकाका प्रवक्ता रवि बुढाथोकीले जानकारी दिनुभएको छ ।
वडाध्यक्ष डाँगीलाई कुटपिट गरेकाे ठाउँमा नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाको पर्चा भेटिएको प्रहरीले जनाएको छ । मुकुण्डाे लगाएर चार जनाको समूहमा कार्यालयभित्र प्रवेश गरेका विप्लव समूहका कार्यकर्ताले कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभएको छ ।
प्रवक्ता बुढाथोकीले वडाध्यक्ष डाँगी अहिले पनि बेहोस अवस्थामा रहनुभएकाे जानकारी दिनुभएकाे छ । यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको नेतृत्वमा जिल्लाकाे सुरक्षा अङ्गको टोली घटनास्थल शान्तिनगर पुगेको छ ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष कुटपिटको जिम्मा विप्लव समूहले लियो
दाङमा वडाध्यक्षलाई कुटपिट गरेको घटनाको जिम्मा नेत्र विक्रम चन्द विप्लव समूहको नेकपाले लिएको छ । कुटपिट भएको स्थल वडा कार्यालयमा छोडिएको विज्ञप्तिमा कुटपिटको जिम्मा लिएको उल्लेख गरिएको छ ।
पार्टीका शान्तिनगर गाउँ कमिटीका सक्रेटरी कमल सिंहले हस्ताक्षर गरेको विज्ञप्तिमा विभिन्न आरोप लगाउँदै वडाध्यक्षलाई कुटपिट गरेको उल्लेख गरिएको छ । कारबाही स्वरुप वडा कार्यालयमै कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो समूहले विभिन्न सात आरोप लगाउँदै कारबाही गरेको जनाएको छ । वडाध्यक्ष पदमा रहेर डाँगीले जनभावना विपरीतको कार्य गरेको भन्दै कारबाही गरेको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।